युरो कप अन्तरविद्यालय बास्केटबल

युरो र सेबलाई सफलता

काठमाडौं । आयोजक युरो स्कुल र सेबले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले बाबालाई ५७-२१ को फराकिलो अन्तरले पराजित गर्यो । युरोको जितमा सूर्यान्श खत्रीले १७ अंक योगदान गरे । पवन पराजुलीको ८ अंक सहयोगमा सेबले ड्याफोडिललाई ३५-११ ले हरायो ।

ब्वाइजमै सेन्ट जेभियर्सले विल्सनलाई १७-१६, काठमाडौं वर्ल्ड स्कुलले गुहेश्वरीलाई ३१-१९ तथा सेन्ट जोसेफले आलोक विद्याश्रमलाई ४२-८ ले पाखा लगाए । सेन्ट जेभियर्सका शुभम् सैजुले १७, काठमाडौं वर्ल्डका सफल थापाले २० तथा सेन्ट जोसेफका प्रसिद्ध थापाले २० स्कोर गरे ।

गर्ल्समा दिक्षालयले संस्कृतिमाथि २२-४ को सहज जित दर्ता गर्यो । दिक्षालयकी पेम्बा शेर्पाले १६ अंक जोडिन् ।