क्विक्स/ग्रिनल्यान्ड बास्केटबल

ग्रिनल्यान्ड र बीएनए क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र बीएनए १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६४-३४ तथा बीएनएले टीआइएलाई ३४-२२ ले पराजित गरे । ग्रिनल्यान्डका सुरेश विक र रोहन श्रेष्ठले २२-२२ तथा बीएनएका सन्देश खड्काले १६ अंक जोडे ।

सिनियर ब्वाइजमै इबीएले हिमरश्मीलाई ५२-३२ तथा सेन्ट जोसेफले ग्रिनफिल्डलाई ६०-४० ले हराए । इबीएका सौगात कार्कीले ३२ तथा सेन्ट जोसेफका निकेश तामाङले १९ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले फ्लोरोसेन्टलाई १८-११ तथा इबीएले हिमरश्मीलाई २३-७ ले पाखा लगाए ।