क्विक्स/ग्रिनल्यान्ड कप

ग्रिनल्यान्ड र सत्यसाइको जित

काठमाडौं । ग्रिनल्यान्ड ‘ए’ र सत्यसाइले १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार जित हात पारेका छन् ।

ग्रिनल्यान्ड ‘ए’ ले पृथ्वीलाई २२-१९ ले पराजित गर्यो । जितमा प्रियंका थापा मगरले १७ अंक योगदान गरिन् । मनीषा केसीको ८ अंक सहयोगमा सत्यसाइले ग्रिनल्यान्ड ‘बी’ लाई २२-११ ले हरायो ।

सिनियर ब्वाइजमा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४०-२८, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले ग्रिनल्यान्ड ‘बी’ लाई ३८-२४ र गोल्डेनपिकले एन्जल्स हार्टलाई ३३-२३ ले पाखा लगाए । एचएचसीएका विनोद शाहीले १५, बीएनएका सुदिल रसाइलीले १२ र गोल्डेनपिकका दिनेश रपालले १४ स्कोर गरे ।

जुनियर ब्वाइजमा स्किब्सले फ्लोरोसेन्टलाई १९-११ ले पन्छायो । स्किब्सका अनुज लिम्बूले १५ अंक जोडे ।