बास्केटबल

युरोको विजयी सुरुआत

फाइल फोटो ।

काठमाडौं । आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्मा सोमबार विजयी सुरुआत गरेको छ ।

हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले सेन्ट जोसेफलाई १८–५ ले पराजित गर्यो । गर्ल्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले अक्षरालाई ९–६ तथा काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०–१६ ले हराए ।

ब्वाइजमा संस्कृतिले ड्याफोडिललाई १२–११, एमआईएसले काष्ठमण्डपलाई २७–२४, अक्षराले ड्याफोडिललाई ३०–१६, काठमाडौं वल्र्ड स्कुलले त्रिज्योतिलाई ४०–२९ र विल्सनले बाबालाई २५–१३ ले पन्छाए ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा अधिकारी र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताको ब्वाइजमा १८ तथा गर्ल्समा १२ गरी ३० टिमले लिग कम नआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल भदौ १३ गते हुने छ ।