क्विक्स/ग्रिनल्यान्ड कप

एचएचसीए र इबिएको जित

काठमाडौं । एचएचसिए र इडेन ब्रिज एकेडेमी (इबिए) ले १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।

एचएचसिएले हिमरश्मीलाई ३६-२६ तथा इबिएले युनिभर्सिटीलाई ४०-३४ ले पराजित गरे । एचएचसिएका बिकी मानन्धरले १० तथा इबिएका सौगात कार्कीले २४ अंक जोडे । सोही स्पर्धामा भ्याली पब्लिकले स्कोलर्स होमलाई ५०-३५ ले हरायो । भ्याली पब्लिकका अनिमेश अधिकारी र पासाङ शेर्पाले १४-१४ स्कोर गरे ।

सिनियर गर्ल्समा भ्याली पब्लिकले ग्रिनल्यान्ड ‘ए’ लाई २३-२१ त्था एचएचसीएले ग्रिनल्यान्ड ‘बी’ लाई ३१-२४ ले पाखा लगाए । भ्याली पब्लिककी लोरिशा गौचन र लाक्षी तामाङले ७-७ तथा एचएचसीएकी आस्ना तामाङले १० अंक बटुले ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले बीएनएलाई १६-१४, सेबले फ्लोरोसेन्टलाई ११-१०, एलएनएले हिमरश्मीलाई २२-११, एन्जल्स हार्टले पृथ्वीलाई २६-१६ तथा इबिएले ग्रिनल्यान्डलाई २३-१३ ले पन्छाए ।