राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता

आर्मी क्वाटरफाइनलमा

काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१-८५ ले पराजित गर्यो । जितसंगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ स्कोर गरे ।

पहिलो क्वार्टरमा २६-२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रह्यो । अन्य क्वार्टरमा आर्मीले क्रमशः २६-११, २२-२० र २७-२५ स्कोर ग¥यो ।

पुरुषमै गोल्डेनगेट पनि क्वार्टरफाइनलमा पुग्यो । गोल्डेनगेटले शंकरदेव क्याम्पसलाई ७३-६३ ले हराउदै समूह ‘ए’ को विजेता भयो । गोल्डेनगेटका अभिषेक सिंहले २५ अंक जोडे ।

गोल्डेनगेट पनि पहिलो क्वार्टरमा ११-१९ पछि थियो । बाँकी तीन क्वार्टरमा अग्रता लिदै गोल्डेनगेटले जित सुनिश्चित गर्यो । गोल्डेनगेट दोश्रोमा २३-२१, तेश्रोमा २७-१६ र चौथोमा १२-७ अंक जोड्यो ।