बिआइबी कप

बिआइबी कप सोमबारदेखि

काठमाडौं । बौद्ध इन्टरनेसनलल स्कुलको आयोजनामा पाँचौं बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

ब्वाइजमा १३ तथा गर्ल्समा १२ टिम सहभागी हुने र सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने आयोजकले बताएको छ ।

ब्वाइजमा टिआइए तथा गर्ल्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् । यसपटक दुवै साविक विजेता टिमहरू सहभागी छैनन् । प्रतियोगिताका सबै खेल अत्तरखेलस्थित आयोजकको इन्डोर बास्केटबल हलमा हुने प्रिन्सिपल लामाले बताए ।