एन्जल्स एसइइ कप

प्रथम एन्जल्स एसइइ कप शनिबारदेखि सुरु हुने

काठमाडौं । प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा हुने प्रतियोगितामा ६४ टिमको सहभागिता रहने एन्जल्स हार्ट एजुकेसन फाउन्डसेन प्रालिका अध्यक्ष लिलबहादुर पुनले जानकारी दिए ।

एन्जल्स हार्ट कलेजको संयुक्त आयोजनामा हुने प्रतियोगिता नकआउट पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलसम्म पुग्ने टोलीलाई पनि नगद पुरस्कार दिने आयोजकले बताएको छ ।

यस्तै, विजेता टोलीको खेलाडीले उक्त कलेजमा पढ्न चाहेमा सतप्रतिशत र उपविजेता टोलीको खेलाडीलाई ७५ प्रतिशत छात्रवृत्ति दिनेछ । यस्तै, सहभागी टिम र सेमिफाइनलको टिमलाई ३० प्रतिशत छात्रवृत्ति दिइने आयोजकले बताएको छ । प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।