बिएनए कप अन्तरविद्यालय बास्केटबल

भ्याली पब्लिक र इबिएको जित

काठमाडौं । भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबिए) ले पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ जित हात पारेका छन् ।

बुधबार भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा विशाल परियारले ८ अंक योगदान गरे । निखिल शाहीको ६ अंक सहयोगमा इबिएले स्काइलार्कलाई १४–५ ले हरायो ।

सिनियर ब्वाइजमा एचएचसीए, गोल्डेनपिक, ग्रिनल्यान्ड र नेपाल मोडेलले जित निकाले । एचएचसीएले इबिएलाई ३२–१४ ले पन्छायो । एचएचसीएका विक्रम तामाङले ६ अंक जोडे । गोल्डेनपिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई ३६–३१ ले निराश पार्यो । गोल्डेनपिकका दिनेश रपालले २२ स्कोर गरे ।

ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि ३९–३४ को जित दर्ता ग¥यो । ग्रिनल्यान्डका निम्ति दिवश भुजेलले ११ अंक बटुले । नेपाल मोडेलले हिमरश्मीलाई २२–१९ ले पाखा लगायो । विजेताका सतिश श्रेष्ठले २० अंक जोडे ।

सिनियर गर्ल्समा आयोजक बिएनएविरुद्धको खेलमा भ्याली पब्लिक २७–२ ले विजयी भयो । भ्याली पब्लिककी लोरिशा गौचनले सर्वाधिक १६ स्कोर गरिन् । यस्तै, दुई खेल वर्षका कारण स्थगित भयो ।