लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

लामा टेन्डी शेर्पा स्मृति बास्केटबलः पुलिस फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला पष्ुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सम्पन्न खेलमा पुलिसले रुपन्देहीमाथि ५०–३३ को स्कोरमा जित निकाल्यो ।

पहिलो क्वाटरमा १७–९ ले अग्रता बनाएको पुलिसमाथि दोस्रो क्वाटरमा रुपन्देहीले ६–७ ले खेलमा फर्किएको थियो । तर, अग्रता जोगाउन नसक्दा रुपन्देहीले तेस्रो र चौथों क्वाटरमा क्रमशः १५–८, १२–८ स्कोरले हा¥यो ।

प्रतियोगितामा दुई जित र एक खेलमा पराजय भएको पुलिसले नौं अंक जोडेको छ । पुलिसले यसअघि कीर्तिपुर नगरपालिकालाई ७८–२३ र ललितपुर हाइलाई ५७–५३ स्कोरमा हराएको थियो ।

पुलिसको जितमा अनुशा मल्लले १५ स्कोर गरिन । रुपन्देहीको यो लगातार तेस्रो हार हो ।

प्रतियोगितामा अपराजित रोयल बास्केटबल एकेडेमी १२ अंकका साथ फाइनलमा पुगिसकेको छ । रोयलले यसअघि ललितपुर हाइलाई ४८–३९, पुलिसलाई ५१–५०, कीर्तिपुर नगरपालिकालाई ७६–२१ र रुपन्देहीलाई ८६–४० स्कोरमा हराइसकेको छ ।

१३ टोलीको सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फका खेलहरु लिग कम नकआउटको आधारमा भइरहेको छ ।

यस्तै, प्रतियोगितामा महिलातर्फ पाँच टोलीका खेलहरु राउन्ड रोविन पद्दतिमा खेलहरु भइरहेका छन् ।