लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

मुनाको उत्कृष्ट प्रदर्शनमा ललितपुरको जित

काठमाडौं । मुना महर्जनको सर्वाधिक १९ स्कोरमा ललितपुर हाईले आइतबार लामा टेन्डी शेर्पा स्मृति खुुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको रुपन्देही बास्केटबल संघमाथि जित निकालेको छ ।

आइतबार पूरा समय विपक्षीमाथि हावी रहेकाे ललितपुरले ७९–२७ को फराकिलो जित हासिल गर्यो । पहिलो क्वार्टरमा १८–४ को अग्रता लिएको ललितपुर दोस्रो क्वार्टरमा २२–७ ले अघि रहयो । तेस्रो क्वार्टर १७–५ ले आफ्नो पक्षमा पारेको टोलीले अन्तिम क्वार्टरमा २२–११ को अग्रता लियो । खेलमा पराजित रुपन्देहीका लागि दीपिका गुरुङले सर्वाधिक १३ स्कोर गरेकी थिइन् ।

फागुन दुई गतेबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ पाँच टोलीको सहभागिता छ ।