भ्याली पब्लिक अन्तरकलेज बास्केटबल

जेभियरले जित्यो भ्याली पब्लिक कप

काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको सोमबार उपाधि जितेको छ ।

जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५-३७ ले पराजित गर्यो । जेभियरका सम्राट भूमिले १६ स्कोर गरेका थिए । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

प्रतियोगितामा साइपाल एकेडेमी तेस्रो भयो । साइपालले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४८-३१ ले हरायो । साइपालका साहिल तामाङले १७ स्कोर गरेका थिए ।

विजेतालाई लेखक डिआर (दयाराम) सिम्खडा, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लीलबहादुर गुरुङ, प्रिन्सिपल कृष्ण अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी, कन्सुलर स्विकृति अधिकारी, भद्रकालीकी प्रिन्सिपल अनिता अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।