अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता

टाइम्स र गोड्सलाई सफलता

काठमाडौं । प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा टाइम्सले सोमबार जित हात निकालेको छ ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेको चुनौती ९५–७४ पाखा लगायो । टाइम्सको जितमा मनीष केसीले २६ स्कोर गरे ।

दोश्रो क्वाटरमा १७–१९ को झीनो अन्तरले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । टाइम्सले पहिलोमा २६–१२, तेश्रोमा २७–२२ र चौथोमा २५–२१ को अग्रता लिएको थियो ।

अर्को खेलमा गोड्सले स्कल क्यान्डीलाई ६५–५० ले हरायो । गोड्सका विराज राणाको १८ स्कोर गरे । चौथो तथा अन्तिम क्वाटरमा गोड्सले जितको महत्वपूर्ण आधार खडा गर्यो । सुरुका तीन क्वाटरमा गोड्सले क्रमशः १२–१३, १२–२१ र १६–१५ को प्रदर्शन गर्यो । चौथो क्वाटरमा गोड्सले २५–९ को अग्रता बनाएको थियो  ।

प्रतियोगितामा गोड्स र स्कलले समान २–२ खेल खेलेका छन् । दुवैले समान एक जित/हार आत्मासात् गरेका छन् । अघिल्लो दिन आइतबार गोड्स रोयल बास्केबलसंग पराजित भएको थियो भने स्कलले क्याम्पियनलाई हराएको थियो ।