बास्केटबल

अनमोल स्मृति बास्केटबल हुने

काठमाडौं । शिव सेना, ललितपुरको आयोजनामा बास्केटबल प्रशिक्षक तथा निर्णायक अनमोल राईको स्मृतिमा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता पुस १५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने संयोजक अजय मानन्धरले जानकारी गराएका छन् । सहभागी टिमले विदेशी खेलाडीलाई पनि राख्न पाउने प्रावधान राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । पुस २५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइने छ । खेल लिग कम नकआउट प्रणालीमा हुनेछ ।