नवौं राष्ट्रिय खेलकुद

राष्ट्रिय कीर्तिमानसहित आर्मीका कुमाललाई ४ सय मिटरमा स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबका सोम कुमालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष चार सय मिटरमा स्वर्ण पदक जितेका छन् ।

कुमालले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान तोडेका हुन् । एपिएफका आशिष चौधरीले निर्धारित दुरी ४९.४० सेकेण्डमा पूरा गर्दै रजत जित्दा आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जितेको यो ६८औं स्वर्ण पदक हो ।