पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ)का दुवै टोली नवौं राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीको फाइनलमा पुगेका छन् ।
लेखनाथस्थित भण्डारढिक खेल मैदानमा मंगलबार सम्पन्न अन्तिम चारको खेलमा एपिएफको पुरुष टोलीले घरेलु गण्डकी प्रदेशको टोलीलाई १७-७ को अन्तरमा हरायो ।
पुरुषतर्फको अर्को सेमिफाइनलमा लुम्बिनी प्रदेशले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ५-० ले हराउँदै एपिएफविरुद्धको उपाधि भिडन्त पक्का गर्यो ।
महिलामा एपिएफले सुदूरपश्चिमलार्य १०-० तथा आर्मीले मधेषलाई १७-५ को नतिजामा हराउँदै फाइनलको यात्रा गरे ।
सेमिफाइनलमा पराजित टोलीहरुले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
मंगलबार आर्मी र लुम्बीनी प्रदेशविचको खेलमा आर्मीका खेलाडिले पहेलो कार्ड सामना गरेका थिए । त्यही विषयमा भएको विवादका कारण दिउँसो केहीबेर खेल अवरुद्ध भएको थियो ।
भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु