असार २९, २०८२ आइतबार | ०१:३४:४५
कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल

रग्बीमा आर्मी र लुम्बिनीको जित

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रग्बी खेलमा विजयी सुरुआत गरेका छन् ।

शनिबारबाट कास्कीको भण्डारढिक खेल मैदानमा भएको पुरुषतर्फ आर्मीले गण्डकी प्रदेश र लुम्बिनीले बाग्मती प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेका हुन् । आर्मीले र गण्डकीमाथि २४-५  अंकको फराकिलो जित निकाल्यो । आर्मीले चार ट्राई र दुई कनभर्जन किकमा सफलता पायो ।

दुई वटा कन्भर्जन किकमा भने आर्मी असफल रह्यो । गण्डकीले भने एक ट्राइ गर्यो । कनभर्जन किकमा भने गण्डकीले सफलता पाउन सकेन । दोस्रो खेलमा पनि लुम्बिनीले बाग्मती प्रदेशलाई २०-५ अंकको फराकिलो अन्तरले हरायो । लुम्बिनीले चार ट्राई गर्यो ।

तर, कनभर्जन किकमा भने लुम्बिनी असफल रह्यो । बाग्मतीले भने ट्राई फर्कायो । गण्डकीले महिलातर्फ भने सफलता पायो । गण्डकीले कर्णाली प्रदेशमाथि १०-५ अंकले हरायो । महिलामा नै सशस्त्र प्रहरी बल एपिएफ क्लबले मधेश प्रदेशमाथि १७-५ को जित निकाल्यो । खेलको सुरुआतमै ट्राईका साथ अग्रता बनाएको मधेशले त्यसलाई जारी राख्न सकेन ।

एपिएफले दुई ट्राई र दुई कनभर्जन किक गर्दै रबाफिलो जित निकाल्यो । रग्बीमा दोस्रो दिन आइतबार पुरुषमा ९ र महिलामा तीन गरी १२ खेलहरू सञ्चालन हुनेछन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।

मन्त्री गहतराजले यो प्रतियोगिताले क्षमतावान्, सक्षम र प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा उपस्थित थिए । रग्बीले पहिलो पटक राष्ट्रिय खेलकुद खेल्दै छ ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH