असार ८, २०८२ आइतबार | १७:४३:४२
क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन ग्रेस महर्जनलाई उपाधि एमबाप्पेले पाचुकाविरुद्धको खेल पनि गुमाउने फ्लुमिनेन्स विजयी इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन ग्रेस महर्जनलाई उपाधि एमबाप्पेले पाचुकाविरुद्धको खेल पनि गुमाउने फ्लुमिनेन्स विजयी इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी

नवौं राष्ट्रिय खेलकुद: अस्तव्यस्त पारामा फेन्सिङ सुरु

पोखरा । खेल सामाग्री समयमा नपाएको कारण तयारी प्रभावित भएको फेन्सिङ खेलको नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सवमा सुरुआत पनि अपेक्षाकृत राम्रो हुन सकेन ।

पोखरा रंगशाला परिसरभित्रको ब्याड्मिन्टन हलमा सोमबारबाट राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको प्रतियोगिता अत्यन्तै अस्तव्यस्त रुपमा सुरु भएको छ । बिहानैदेखि प्रतियोगिता सुरु हुने भनिए पनि हल व्यवस्थापन तथा कार्यालय प्रयोजनका लागि कोठा नपाउँदा प्रतिस्पर्धा ढिलो गरि सुरु भयो ।

‘ब्याड्मिन्टनको हलमा हामीलाई प्रतियोगिता गर्न दिएको छ । तर ब्याड्मिन्टनले हामीलाई राम्ररी फेन्सिङको ब्रान्डिङ गर्न समेत दिएको छैन । प्रतियोगिता हलमा फेन्सिङको भन्दा ठूलो ब्यानर ब्याड्मिन्टनको छ,’ फेन्सिङ संघका एक पदाधिकारीले खेलाडी डटकमसँग भने, ‘पाँच मिनेटमा तीन पटक बत्ति गएर पूरा प्रतियोगिता जेनेरेटरको भरमा गर्नुपरेको छ ।’

फेन्सिङजस्तो उच्च प्राविधिक खेलका लागि कार्यालय समेत प्रतियोगिता स्थलमा नपाएको गुनासो ति पदाधिकारीले गरे । कार्यालय प्रयोजनका लागि कोठा नदिएपछि खेलाडीको चेन्जिङ रुमबाट काम चलाउनुपरेको उनले बताए । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिताका प्रतिस्पर्धा भने सुरु भइसकेका छन् ।

‘अर्थ मन्त्रीज्युले आएपछि औपचारिक उद्घाटन गर्नुहुनेछ । तर हामीले २८ गतेसम्ममा सबै स्पर्धा सकिसक्नुपर्छ । त्यही भएर खेल चाँही सुरु गरेका हौं,’ फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले भने ।

राष्ट्रिय खेलकुद सुरु हुन दुई साता बाँकी रहँदासम्म पनि आवश्यक खेल सामाग्री नपाएको भन्दै कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले सहयोगका लागि फेसबुकमा पोष्ट गरेपछि राष्ट्रिय खेलकुद परिषद तथा गण्डकी प्रदेश खेलकुद परिषदको चर्को आलोचना भएको थियो ।

पर्याप्त खेल सामाग्रीविना अभ्यास गर्ने क्रममा कास्कीमा एक खेलाडीको छातिमा तरबारले काटेको थियो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team