असार १, २०८२ आइतबार | १४:४३:५८
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारबाट हुने यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारबाट हुने यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप

१० दिनभित्र बहाल कर बुझाउन रंगशालालाई महानगरको पत्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदलाई दशरथ रंगशाला परिसरमा विभिन्न संरचना बनाई भाडामा लगाएवापतको बहाल कर बुझाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार दशरथ रंगशालाको नाममा पत्र काट्दै १० दिनभित्र सम्बन्धित वडा कार्षलयमा बहाल आम्दानीको विवरणसहित बहाल कर र जरिवानासमेत बुझाउन निर्देशन दिएको छ । तोकिएको मितिमा कर र जरिवाना नतिरे कार्वाही गर्ने चेतावनी दिइएको छ । महानगरले रंगशालासहित ६ ठाउँलाई १० दिनभित्र बहाल कर बुझाउन पत्रचार गरेको छ ।

‘आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यलयबाट बहाल कर बुझाउन पटक–पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाएको हुँदा त्यहाँको बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यलयमा गई नियमानुसारको बहाल कर र सो को जरिवानासहित बुझाउनु हुन अनुरोध छ,’ महानगरपालिकाले पठाएको पत्रमा लेखिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

महानगरपालिकाले रंगशालासँगै शंकरदेव क्याम्पस, पुतलीसडक, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई पनि १० दिनभित्र कर तिर्न पत्रचार गरेको छ ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?