ड्रागन उसु क्वान टिम च्याम्पियन

काठमाडौं, (खेलाडी)- ड्रागन उसु क्वानले बिहीबार प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । 

ड्रागन ७ स्वर्ण, २ रजत र १ कांस्य पदकका साथ टिम च्याम्पियन बन्दा कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा काठमाडौं उसु क्वान ५ स्वर्ण, ५ रजत र १० कांस्य पदक सहित दोस्रो भयो । त्रिकोण उसु क्वानले ५ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्‍यो ।

राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुषमा त्रिकोणका मनीष तामाङ तथा महिलामा ड्रागनकी लाक्पा डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । सान्सौंको पुरुषमा काठमाडौंका नवीन माझी तथा महिलामा यिङयान उसु क्वानकी रेश्मा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुई दिने प्रतियोगितामा २ सय १० खेलाडीले ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।