प्रज्वललाई स्वर्ण

काठमाडौं, (खेलाडी)-  त्रिकोण उसु क्वानका प्रज्वल लामाले बुधबार प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको पुरुष थाइची छ्वानमास्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलक्द परिषद्(राखेप)को सेमिकभर्डहलमा प्रज्वलले निन्जा उसु क्वानका लब्सन आले मगर पछि पारे ।

कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौं उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितिन् ।

प्रतियोगिता अन्तर्गत छाङ छ्वानको पुरुषमा त्रिकोणका विजय श्रेष्ठ र महिलामा ड्रागनकी सारा तामाङ, छुची छाङ छ्वानको पुरुषमा पशुपति कैलाश उसु क्वानका निशान थापा मगर र महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा तथा छुची नान् छ्वानको पुरुषमा ड्रागन पासाङ लामा र महिलामा काठमाडौंकी ममता सुनुवार राईले पहिलो स्थान हात पारे ।

प्रतियोगिताको नेपाली कांग्रेसका युवा नेता पूर्व मन्त्री गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । थाउलोमा १८ तथा सान्सौंमा २० गरी ३८ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । दुईदिने

प्रतियोगितामा दुई सय १० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।