ओलम्पियन संघको अध्यक्षमा बिष्ट

काठमाडौं, (खेलाडी)- नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष रविराज थापालाई पराजित गर्दै दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण पदक जितेका तेक्वान्दो खेलाडी दीपक बिष्ट नेपाल ओलम्पियन संघको अध्यक्ष चुनिएका छन् । 

प्रत्यक्ष ३४ तथा इमेलबाट प्राप्त १५ गरी कुल ४९ मत खसेकोमा बिष्टले ४१ मत प्राप्त गरेका थिए भने थापाको भागमा चार मत परेको थियो । 

यसैगरी तेक्वान्दोकै शीखर महिला संगीना बैद्य र प्रविण तुलाधर उपाध्यक्षमा निर्वाचित हुँदा धावक राजेन्द्र भण्डारी महासचिव चुनिए । जुडोकी देवु थापा सचिवमा चुनिइन । सुटिङकी स्नेह राज्यलक्ष्मी राणा कोषाध्यक्ष चुनिँइन । 

त्यस्तै राजकुमारी पाण्डे, विमला राना मगर, कान्छिमाया कोजु, प्रमिला रिजाल, विष्णुबहादुर सिंह, टिकाराम श्रेष्ठ, मुकुन्दहरि श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ सदस्यमा चुनिए ।