प्रथम गलाक मुवाँथाई फाइट आसोज २० मा

काठमाडौं, (खेलाडी) - राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. को संयुक्त आयोजनामा आसोज २० गते प्रथम गलाक मुवाँथाई फाइट हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने एक दिने प्रतियोगिताम पुरुषतर्फ सात र महिलातर्फ एक फाइट हुने  राष्ट्रिय मुवाँथाई संघ नेपाल अध्यक्ष गणेशलाल कक्षपतिले बताए ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौं तीन महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिने छ । त्यस्तै उत्कृष्ट दुई खेलाडीलाई गलाकले वार्षिक सम्झौत गर्ने अध्यक्ष कक्षपतिले बताए ।

प्रतियोगितामा केन्द्रीय मुवाँथाई क्लब, गलाक मुवाँथाई क्लब, जिमखाना मुवाँथाई क्लब, गोकर्णेश्वर मुवाँथाई क्लब, सुकेधारा मुवाँथाई क्लब, फ्रेन्डसिप मुवाँथाई क्लब र नेपाल आर्मीका खेलाडी सहभागी हुनेछन् ।