अन्य

सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शनिबारबाट सुरु भएको छ ।

प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले सेमिनारको उद्घाटन गरे । उद्घाटन समारोहमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तर्राष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र  नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलको पनि उपस्थिती थियो ।

नेपाल हाप्किडो एसोसिएसनका अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेमिनारमा ली, हग्रिन्ज र मगरले प्रशिक्षण दिने छन् । सेमिनारमा नेपाल भारत, पाकिस्तान, बंगलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व छ ।

प्रतियोगितामा फाइट र सेल्फ डिफेन्स डेमोन्सट्रेसन समावेश छन्। दुई दिने प्रतिषेगितामा सात वटै प्रदेशका कुल सात सय खेलाडीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।