विद्यलय खेलकुद

भ्याली स्कुलको दुवै टोली फाइनलमा

काठमाडौं । भ्याली पब्लिक स्कुलको महिला तथा पुरुष बास्केटबल टोली नेसनल स्कुल अफ साइसेन्स (एनएसएस)  उपत्यकाब्यापी अन्तरविद्यालय प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

शुक्रबार भएको सेमिफाइनमा पुरुषतर्फ भ्याली पब्लिक र बौद्ध एकेडेमी तथा महिलातर्फ दिक्षालय र भ्याली पब्लिकले जित निकाल्दै फाइलनमा स्थान बनाएका हुन् । 

शनिबार हुने महिलातर्फको उपाधि भिडन्त साढे १० बजे र पुरुषतर्फको साढे ११ बजे सुरू हुने प्रतियोगिताका संयोजक प्रभात रिसालले बताए ।

बास्केटबलकै तेस्रो स्थानको भिडन्तमा महिलातर्फ संस्कृती अन्तर्राष्ट्रिय र बौद्ध अन्तर्राष्ट्रिय स्कुलबीच प्रतिस्पर्धा हुँदा पुरुषतर्फ सेन्ट जेभियर स्कुल र कान्जीरोवा राष्ट्रिय स्कुलबीच भिडन्त हुनेछ ।

एनएसएसका संस्थापक प्रिन्सिपल डा. माधव प्रसाद बरालले प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न सबैलाई आग्रह गरे । प्रिन्सिपल डा। माधवले प्रतियोगिताको फाइलन खेल्ने सम्पूर्ण टोलीलाई उत्कृष्ट प्रदर्शन गर्न र अनुशासित भएर खेल्न अनुरोध गरेका थिए ।

प्रतियोगिताअन्तर्गत फुटबलको फाइनल खेल शनिबार नै हुनेछ । उपाधिका लागि राजर्शी गुरुकुल र एभरेस्टबीच विहान ९ बजे प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानको खेलमा बृहस्पती विद्यासदन र विद्यासंस्कार इन्टरनेस्नल स्कुल आमुनेसामुने हुनेछन् ।

प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल,  विद्यासंस्कार इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, बृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुलगरी १२ टोलीको सहभागीता थियो ।

बास्केटबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेरियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागीता थियो ।