स्क्वास

पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा  गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई  ११–७, १३–११ र ११–३ अंकले पछि पार्दै ३–० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते । फाईनलमा पराजित वागमती प्रदेशले रजत पदक प्राप्त गर्यो ।

टिम ईभेन्टर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेशले काश्य पदक जिते ।

त्यस्तै, महिला व्यक्तिगत स्पर्धामा वागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै स्वर्ण पदक जितिन् भने वागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगरले सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।

पुरुषतर्फ व्यक्तिगत स्पर्धामा गण्डकीकै अमृत थापामगरले स्वर्ण, वागमतीका अरहान्त सिंहाले रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दीपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक जिते ।

स्क्वास प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाले सहभागिता जनाएका थिए ।