काठमाडौं जिल्ला विद्यालयस्तरीय खेलकुद

बृहत खेलकुद हुने

काठमाडौं । जिल्ला खेलकुद विकास समिति काठमाडौंले बृहत काठमाडौं जिल्ला विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । 

बृहत खेलकुद माघ दोश्रो साता हुने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाए ।

त्यसका लागि काठमाडौं जिल्लाले सरोकारवालासँग बुधबार बृहत छलफल कार्यक्रम आयोजना गर्यो ।

 सोही अवसरमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उप मेयर बसन्ती डंगोल, अध्यक्ष कक्षपतिले विभिन्न १६ विद्यालयलाई खेल सामाग्री प्रदान गरेका थिए ।