बर्लिनमा दौड

इलिउड किप्चोगेले आफ्नै नाममा रहेको विश्व कीर्तिमान भङ्ग गरे

लन्डन । दुई पटकका ओलम्पिक च्याम्पियन इलिउड किप्चोगेले पुरुष म्याराथनमा आफ्नै नाममा रहेको विश्वक कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।

उनले आइतबार बर्लिनमा भएको दौडमा नयाँ कीर्तिमान बनाए । केन्याका ३७ वर्षीय किप्चोगेले निर्धारित दूरी दुई घण्टा एक मिनेट नौ सेकेन्डमा पूरा गरे । 

उनले यसअघि आफ्नै नाममा रहेको कीर्तिमानभन्दा ३० सेकेन्डअघि दूरी पूरा गरे । यो कीर्तिमान उनले चार वर्षअघि बनाएका थिए ।

यसअघि उनले सन् बर्लिनमै सन् २०१४ मा डेनमार्ककका मिमेट्टोको नाममा रहेको दुई घण्टा दुई मिनेट ५७ सेकेन्डको कीर्तिमान भङ्ग गरेका थिए ।