रिङ रेस्लिङ

नुवाकोटमा बडा दशै महाभिडन्त रेस्लिङ हुने

बडा दशै महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिताबारे जानकारी गराउँदै आयोजकहरु ।

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दशै महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शिवपुरी गाँउपालिकाको सह आयोजनामा असोज १५ गते नुवाकोटको गुर्जेस्थित कालिका माविमा प्रतियोगिता हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराएकी छिन् ।

झण्डै १२ लाख रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । जसमध्ये हेभी वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइट वेट (महिला) विजेताले ६५ हजार र लाइट वेट (पुरुष) विजेताले ५५ हजार रुपैयाँ पुरस्कार पाउने बताइएको छ ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।

शिवपुरी गाँउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले रेस्लिङ आयोजनाबाट स्थानीय पयर्टन प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।