नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः ३६ वटै खेलको खेलस्थल तय

काठमाडौं । आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको थियो ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो । राखेपका अनुसार सुटिङ काठमाडौंमा हुनेछ ।

खेलकुदका ३६ खेलमा दुई खेलबाहेक अन्य खेलहरु गण्डकी प्रदेशमै हुने भएका छन् । यसअघि राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलकुद गर्ने भने पनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर र पर्वत गरी पाँच जिल्लामा हुनेछ भएको छ ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म हुने तालिका छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिेकट भने हाल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी छ ।