नवौं राष्ट्रिय खेलकुद

ब्याड्मिन्टन खेलाडी छनोट

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत बागमती प्रदेशबाट सहभागी हुने ब्याड्मिन्टन खेलाडीको टुंगो लागेको छ । पुरुषमा ६ र महिलामा ५ खेलाडी छनोट भए ।

पुरुषमा चितवनका राजु थापा, ललितपुरका सुमन शाक्य, ललितपुरका दीपेश शाक्य, काठमाडौंका सोमकुमार श्रेष्ठ, चितवनका विधान गुरुङ, ललितपुरक राजेन्द्र महर्जन र काठमाडौंका निश्चल खत्री रहेका छन् । वैकल्पिकमा ललितपुरका सुमित महर्जन छन् ।

महिलामा काठमाडौंकी मनीषा खड्का, धादिङकी बबिता पुरी, काठमाडौंकी रिहाना शेरचन, सिन्धुपाल्चोककी प्रजिना बस्नेत र सिन्धुपाल्चोककी टासी डोमा तामाङ छनोट भए । वैकल्पिकमा टिसारानी शाक्य छिन् ।

त्यस्तै बागमती प्रदेशबाट ट्रायथलनको पुरुषमा यजु महर्जन तथा ट्रायथलनअन्तर्गत पुरुष दुवाथलनमा धनन्जय गोले छानिए ।