नेपाल मुवा थाई संघ

सदस्य सचिव घिसिङद्वारा रुचालको बिदाई

काठमाडौं । अन्तराष्ट्रिय मुवा थाई विजेता गुणराज रुचाललाई मंगलबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाई गरे ।

रुचालले भदौ ४ गते कम्बोडियाको नोम पेन्हमा आयोजना हुने प्रोफेसनल फाईटमा कम्बोडियाका खेलाडी थुन ईङ्गलेसंग प्रतिस्पर्धा गर्नेछन् । रुचालको प्रशिक्षकमा विजय लामा रहेका छन् ।

रुचाल आज थाइल्यान्ड प्रस्थान गर्नेछन । जहाँ उनले  थाइल्यान्डको टप फाईट मुवा थाई जिममा १ हप्ता प्रशिक्षण लिने कार्यक्रम रहेको छ । एक हप्ताको प्रशिक्षणपछि रुचाल ४ गते हुने प्रतिस्पर्धाका लागि कम्बोडिया प्रस्थान गर्ने छन् । 

बिदाई कार्यक्रममा नेपाल मुवा थाई संघका केन्द्रिय अध्यक्ष गणेश कक्षपती लगायतको उपस्थिती रहेको थियो ।