स्क्वास

चौथो धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट

काठमाडौं । चौथो धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

धनलक्ष्मी महर्जन फाउन्डेसनको आयोजनामा हुने ६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स खुल्ला पुरुष ५० वर्ष भन्दा माथि उमेर समूह र जुनियर छात्र खुला तथा प्लेट गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जनद्धारा प्रायोजित प्रतियोगितामा एक सयभन्दा बढी खेलाडी सहभागी हुने संघका उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि प्रायोजकले एक लाख ३५ हजार रुपैंया प्रदान गरेको छ । जुनियरतर्फका उत्कृष्ट खेलाडीलाई संघले विशेष तालिम प्रदान गर्नेछ ।

स्क्वास खेलको स्तर बढाउनका लागि संघले एटालीका क्वालिफाइड लेभल २ प्रशिक्षक रेन्जो एडोर्नोबाट नेपालका शीर्ष पाँच पुरुष र महिलालाई प्रशिक्षण गराएको संघले जनाएको छ ।