अन्य

नवौं राष्ट्रिय खेलकुदः गण्डकीले सबै प्रतियोगितामा सहभागिता जनाउने प्रस्ताव

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका सार्वजनिक गरिसकेको छ । 

३६ वटै खेलमा गण्डकीले प्रतिस्पर्धा गर्ने प्रस्ताव गरिएको निर्देशक कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

फुटबल,एथ्लेटिक्स,बक्सिङ,तेक्वान्दो,कराते,भरोत्तोलन,भलिबल,टेबलटेनिस,कबड्डी,ब्याडमिन्टन,कुस्ती,उसु,जुडो,बास्केटबल,बुद्धिचाल, ह्यान्डबल, आइटिएफ, तेक्वान्दो, फुलकन्ट्याक्ट कराते, हक्की ,स्क्वास, सुटिङ, जिम्न्यास्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइकलिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, पौडी, गल्फ शारीरिक सुगठन, प्याराग्लाइडिङ, ट्रायथलन र रग्बी(सेभेन एसाइड) गरी ३६ खेल समावेश गरिएको छ ।

जसअनुसार पुरुष फुटबल,एथ्लेटिक्स,बक्सिङ, तेक्वान्दो, कराते, भरोत्तोलन पुरुष भलिबल, ब्याडमिन्टन, उसु,जुडो,ह्यान्डबल, हक्की, ,स्क्वास, सुटिङ,जिम्न्यास्टिक, लन टेनिस, सफ्टटेनिस,क्रिकेट,साइकलिङ,आर्चरी, पौडी,गल्फ प्याराग्लाइडिङ,ट्रायथलन र रग्बीका खेलहरु पोखरामा हुनेछ ।

त्यस्तै महिला फुटबल स्याङजाको वालिङ खेल मैदानमा हुनेछ भने फुलकन्ट्याक्ट कराते पनि स्याङजामै हुनेछ । कबड्डी, कुस्ती र  खो खो का खेलहरु नवलपुरमा हुनेछ भने फेन्सिङ पर्वतमा, सेपाताक्रो गोरखा, शारीरिकसुगठन लम्जुङ,आइपटिएफ तेक्वान्दो बाग्लुङ, बास्केटबल तनहुँ, टेबल टेनिस मनाङ,महिला भलिबल म्याग्दी र बुद्धिचाल मुस्ताङमा हुनेछ ।