नेपाल भूतपूर्व खेलाडी मञ्च

बस्नेतको निधनमा शोक व्यक्त

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना संस्थापक तथा सल्लाहकार स्व. योगेन्द्र बहादुर बस्नेतको निधनमा गहिरो शोक व्यक्त गरेको छ । 

बस्नेतको जेठ २५ गते ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा भएको निधनको थियो ।

बस्नेतको  निधन अस्पतालले उपचारको क्रममा गरेको कमजोरीका कारण भएकाले त्यसको  अनुशन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको स्थापना काल देखि नै स्व. बस्नेतज्यूले विभिन्न जिम्मेवारी पदमा रहि मञ्चले आयोजना गर्ने कार्यक्रमहरुमा आफ्नो भूमिका महत्वपूर्ण रुपमा निभाएका थिए ।

‘उहाँको निधनले परिवार, समाज र खेल क्षेत्रले एक अभिभावक गुमाएको पिडा हामीविच ताजै छ संघले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ, उहाँले शिक्षा र खेलकुदको विकासका लागि गर्नु भएको योगदानको उच्च सम्मान गर्दछौं नेपाल भूतपूर्व खेलाडी मञ्च उहाँको निधन बारे आएका विभिन्न सञ्चार माध्यममा प्रेषित समाचारहरुबाट समेत अस्पतालले गरेको कमजोरीले भएको निधन प्रति सम्वन्धित निकायहरुलाई छानविन गरी सत्य तथ्य बाहिर ल्याउन र स्वास्थ्य उपचार सेवालाई प्रभावकारी, विश्वसनिय र भरपर्दो बनाउन समेत माग गर्दछौं ।’