नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः १२ उपसमिति गठन

काठमाडौं । गण्डकी प्रदेशमा असोज अन्तिम साताबाट सुरु हुने  नवौं राष्ट्रिय खेलकुदलाई भव्य र व्यवस्थित पार्न भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न उपसमिती गठन गरेको छ। 

मुल आयोजक समितिको दोस्रो बैठकबाट कुल १४ मध्ये १२ उपसमिती तय भएको कार्यकारी समितिका संयोजक समेत रहेका राखेप सदस्य सचिब टंकलाल घिसिङले जानकारी गराए ।

‘उपसमिति गठनको निर्णय गरेका छौँ । निर्देशिकाले १४ उपसमिति बनाउन दिएको छ । जसमध्ये  हामीले १२ उपसमिती गठन गरेका छौ ,’ घिसिङले भने ।

जसअनुसार समारोह उपसमितीको संयोजक एकेन्द्र बहादुर कुँवर र सचिव शारङ्गिन् निरौला, प्राबिधिक उपसिमतीका संयोजक हिमालराज दाशाल र सचिव प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसिमिती राजेश गुरुङ, र सचिव कष्णप्रसाद तिमल्सिना, बसोबास व्यवस्थापन उपसमितीको संयोजक राजकुमार थापा र सचिव चन्द्रकुमार राई, अनुशासन उपसमितीको संयोजक पेमा लामा र सचिव नारायणराज अर्याल छन् । 

त्यस्तै स्वास्थ्य उपसमिती डा.बुदन्द थापा,  र सचिव ज्ञानेन्द्रविक्रम शाह, यातायात व्यवस्था उपसमितीको संयोजक प्रकाश कुसारी र सचिव देवराज कटुवाल,प्रचार प्रसार उपसमितीको संयोजक दिपेन्द्र विष्ट र सचिव खुशराज दाहाल, खेल सामाग्री तथा पोसाक व्यवस्थापन उपसमितीको संयोजक अञ्जन धमला र सचिव सृजन खतिवडा, स्रोत परिचालन उपसिमतीको संयोजक सुर्य भण्डारी र सचिव सरोजकुमार पोखरेल, स्वयंमसेवक उपसमितीको संयोजक जनक बर्तौला र सचिव लिलराज बस्नेत तथा एन्टिडोपिङ उपसमितीको संयोजक डा.नमिसमान प्रधान र सचिवमा दोबे तमाङ रहेका छन् ।

घिसिङले अनुशासन उपसमिति  र सुरक्षा उपसमिति   भने केही समयपछी मात्रै घोषणा गरिने बताए ।

प्रतियोगिता २८ असोज देखि ३ कात्तिकसम्म हुनेछ । जसमा ३६ खेल आयोजना हुनेछन् ।