पारा ओलम्पियन

पारा ओलम्पियन सम्मानित

काठमौं । एनपिसी नेपालले चार पारा ओलम्पियन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । एनपिसी नेपालले शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारा ओलम्पियनलाई सम्मान गरेको एनपीसी नेपालका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् ।

सम्मानित हुने पारा ओलम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रमबहादुर राणा (लन्डन/ब्राजिल), मैया विशंखे (लन्डन) र लक्ष्मी कुँवर (ब्राजिल) रहेका छन् । उनीहरुलाई एनपीसीकी अध्यक्ष राधा घलेले प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरिन् ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको एकदिने प्रतियोगितामा विभिन्न २१ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको कोषाध्यक्ष सिवाकोटीले जनाएका छन् । हरेक स्पर्धामा पहिलो हुनेलाई १ हजार ५ सय, दोश्रोलाई १ हजार र तेश्रोलाई ५ सय नगद पुरस्कार प्रदान गरियो ।