क्याम्पियन फुटसल र बास्केटबल

एसइइ क्याम्पियन फुटसल र बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । पाँचौं एसइइ क्याम्पियन फुटसल र पहिलो एसइइ क्याम्पियन बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।

बुधबार भएको एसइइ फुटसल फाइनल एसइइ फुटसल ५ भक्तपुरले जित्यो । भक्तपुरले ललितपुरको बिडु एफसीलाई ३-० ले हराउँदै फुटसल प्रतियोगिता जितेको हो।

यस्तै, बास्केटबल प्रतियोगिताको उपाधि स्प्याड्स, रातो बंगलाले जितेको छ । फाइनलमा स्प्याड्स, रातो बंगलाले लिम्पिया स्कुललाई १९-१६ को स्कोरले हरायो ।

फुटसल विजेता एसइइ फुटसल ५ भक्तपुरले ट्रफी र प्रमाणपत्र सहित नगद ५० हजार र उपविजेता बिडु एफ सिले नगद २० हजार रुपैयाँ जितेको छ । फुटसलमा रेवत सोनाम गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

बास्केटबल विजेता स्प्याड्स, रातो बंगलाले ट्रफी र प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ र उपविजेता लिम्पिया स्कुलले नगद पाँच हजार रुपैयाँ जितेका छन् ।

बास्केटबल प्रतियोगितामा लाक्पा तामाङलाई उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता र उपविजेता टोलिका खेलाडीलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधर र नेपाली राष्ट्रिय बास्केटबल टोलीकी सदस्य अनुशा मल्लले पुरस्कार वितरण गरेका थिए।