राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता

राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो सातादेखि सुरु

काठमाडौं । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्गको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो सातादेखि सुरु हुने भएको छ ।

अन्नपूर्ण स्केटपार्क पोखरा रंगशालामा हुने दुई दिने प्रतियोगिता असार ६ र सात गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुष एक सय र महिला ३० जना महिला प्रतियोगीहरुको सहभागी हुनेछन् । उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) ले गर्नेछन् ।

सन् २०१५ देखि नेपालमा आयोजना हुन थालेको प्रतियोगिता काठमाडौं र पोखरामा दुई–दुई पटक सञ्चालन भइसकेको नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्गका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।