राखेप

नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि

काठमाडौं । सरकारले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ तेस्रो साताबाट गर्ने निर्णय गरेको छ ।

बुधबार बलुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अगामी जेठ २२ देखी जेठ २८ गते सम्म गर्ने निर्णय गरेको हो ।

‘नेपाल सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०७९ साल जेठ २२-२८ गते गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐेतिहासिक निर्णय गरेको छ’, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन् ।'

यसअघि २०७५ सालमा नेपालगन्जमा  आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो । प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने तालिका रहे पनि कोभिड १९ महामारीका कारण नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा आयोजना हुन सकेको थिएन ।