एसिया ट्रायथलन कप

एसिया ट्रायथलन कप शनिबार

काठमाडौं । एसिया ट्रायथलन कप तथा दक्षिण एसिया च्याम्पियनसिप शनिबार हुने भएको छ ।

नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक जानकारी दिएको छ ।

प्रतियोगितामा जापान, अष्ट्रिया पोल्याण्ड, काजकिस्तान, भारत, बंगलादेश र नेपाल गरी सात राष्ट्रको सहभागिता हुनेछ । जसमा पुरुषतर्फ ४० र महिलातर्फ २३ खेलाडीसहित कुल ६३ खेलाडी सहभागी हुनेछन् ।

पोखराको बसुन्धरा पार्कस्थित फेवा लेकमा हुने प्रतियोगिता सात सय ५० टिर पौडी, २० साइक्लिङ र पाँच किमी दौडमा प्रतिस्पर्धा हुनेछ ।

गत संस्करणमा उक्त दुरी जापानका साविक विजेता माकोतो ओदाकुराले ५४ मिनेट ५७ सेकेन्डमा पुरा गरेका थिए । यस्तै, महिलातर्फ भारतकी प्रज्ञा मोहनले एक घन्टा ९ मिनेट २३ सेकेन्डमा पार गरेकी थिइन् ।