एनएसजेफ स्पाेर्टस अवार्ड

सतामलाई एसियाली खेलकुद पत्रकारको अवार्ड

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)का अध्यक्ष कुवेती पत्रकार सताम अल सेहलीलाई नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार एसियाली खेलकुद पत्रकार अवार्डबाट सम्मानित गरेको छ ।

मञ्चले वर्षेनी गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको अवसरमा कुवेती राष्ट्रिय दैनिक अल सेयास्साहका खेलकुद ब्यूरो प्रमूख एवं कुवेत फुटबल संघको मिडिया कमिटी प्रमूख सतामलाई सम्मानित गरेको हो ।

सताम पछिल्लो पाँच वर्षदेखि अध्यक्षको रुपमा एआइपिएस एसियाको नेतृत्व गरिरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एआइपिएस एसियाको सदस्य हो । २००५ मा खेल पत्रकारिता सुरु गरेका सताम ‘गल्फ फेडेरेसन अफ स्पोर्टस मिडिया’का उपाध्यक्ष हुन् ।

अस्वस्थताका कारण सताम आफै नेपाल भ्रमणका लागि असमर्थ हुँदा एआइपिएस एसियाका महासचिव अम्जाद अजिज मलिकले उनको सम्मान ग्रहण गरे ।