बंगबन्धु कबड्डी

इन्डोनेसियालाई नेपालले हरायो

ढाका । नेपाली पुरुष टोलीले बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा जित हात पारेको छ ।

नेपालले इन्डोनेसियालाई ४७–१८ ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए । नेपालका प्रदीप मिजार ‘म्यान अफ द म्याच’ चुनिए । उनले १० हजार टाका नगद पुरस्कार पाए ।