नारी दिवश

शिखर पुगेका नेपाली महिला खेलाडी

काठमाडौं । नेपाली खेलकुदमा महिलाको अन्तर्राष्ट्रिय सहभागिताको इतिहास पुरुषको तुलनामा धेरै पछि मात्र सुरु भएको हो । तर महिला खेलाडीले पाएको सफलता भने पुरुष खेलाडीको दाँजोमा कम छैन ।

विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा वाइल्डकार्डको भरमा सहभागिता जनाउँदै आएको नेपाली खेलाडीको नियति पनि महिला खेलाडीले नै तोडेकी थिइन् । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान तेक्वान्दोकी संगीना वैद्यको नाममा छ ।

सहभागिताको अवसर कम पाए पनि महिला खेलाडीले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा अब्बल प्रमाणित गरिसकेका छन् । एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको ४७ वर्षपछि ऐतिहासिक रजत पदक महिला खेलाडीकै माध्यमबाट जितेको थियो । १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले उक्त सफलता हासिल गरेकी थिइन । मौका पाए महिला खेलाडी पनि कम छैनन् भन्ने यो राम्रो प्रमाण हो ।

विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा वाइल्डकार्डको भरमा सहभागिता जनाउँदै आएको नेपाली खेलाडीको नियति पनि महिला खेलाडीले नै तोडेकी थिइन् । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान तेक्वान्दोकी संगीना वैद्यको नाममा छ ।

नेपाली खेलकुदलाई गौरवान्वित बनाउने अभियानमा महिलाको योगदान यतिमात्र स्मरण गरे अन्याय हुन्छ । दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडीमा किशोरी पौडीवाज गौरिका सिंंहले भेट्रान दीपक विष्टसँग चार स्वर्णका साथ बराबरी गरिसकेकी छन् । गौरिकाले एकै संस्करण त्यो उपलब्धि हासिल गरेकी हुन् । सन् २०१६ मा ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडीका रुपमा कीर्तिमान बनाएर पनि गौरिकाले नेपाली खेल क्षेत्रलाई उर्जा प्रदान गरेकी थिइन् ।


संगीना वैद्य

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाउने एकमात्र आधार वाइल्ड कार्ड थियो । तर, नेपाली तेक्वान्दोकी स्टार संगीना वैद्यले त्यो परम्परा तोडिदिइन् ।

छनोट चरण पार गरेर २००४ को एथेन्स ओलम्पिकमा उनले सहभागिता जनाएकी थिइन । यस्तो सफलता हासिल गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । नेपाली खेलकुदको शिखर महिलामा सम्मानित संगीनाको नाममा दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ, हालको साग) का दुई स्वर्ण पदक छ ।

एसियाली स्तरमा समेत देशका लागि स्वर्ण पदक जितिसकेकी संगीनाको भूमिका प्रशिक्षकका रूपमा फेरिएको धेरै भइसक्यो । नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षक भएर उनले अहिले पनि खेलकुदको योगदान गरिरहेकी छन् । अरू धेरै संगीना उत्पादनको अभियानमा लागेकी छन् ।

प्रशिक्षकको भूमिकामा पनि उत्तिकै सफल संगीनाको योगदान तीन वर्षअघि १३औं सागमा नेपालले तेक्वान्दोबाट २९ पदक जित्दा महत्त्वपूर्ण रह्यो । संगीनासहितको टोलीबाट प्रशिक्षित नेपाली तेक्वान्दो खेलाडीले १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेका थिए ।

सविता राजभण्डारी

नेपाली खेलकुदमा सफल महिला खेलाडीको कुरा गर्दा बिर्सनै नसकिने नाम हो, तेक्वान्दोकी सविता राजभण्डारी ।

एसियाली खेलकुदमा सहभागिता जनाएको ४७ वर्षपछि नेपालले पहिलो ऐतिहासिक पदक जितेको थियो । त्यो ऐतिहासिक सफलता थाइल्यान्डको बैंककमा सविताले नै हासिल गरेकी थिइन् ।

५५ केजी फेदरवेटको फाइनलमा चाइनिज ताइपेइकी चेन यी-यानसँग पराजित भएपछि उनी देशलाई एसियाली खेलकुदको स्वर्ण पदक जिताउने अवसरमा चुकेकी थिइन् । नेपालले अहिलेसम्म पनि एसियाली खेलकुदमा स्वर्णं जित्न सकेको छैन ।

सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट व्यक्तिगत स्पर्धामा सविताले रजत पदक जितिन् । योसँगै सविता नेपालको तर्फबाट एसियाली खेलकुदमा रजत पदक जित्ने पहिलो खेलाडी बनिन् ।

५५ केजी फेदरवेटको फाइनलमा चाइनिज ताइपेइकी चेन यी-यानसँग पराजित भएपछि उनी देशलाई एसियाली खेलकुदको स्वर्ण पदक जिताउने अवसरमा चुकेकी थिइन् । नेपालले अहिलेसम्म पनि एसियाली खेलकुदमा स्वर्णं जित्न सकेको छैन ।

एसियाली खेलकुदमा अहिलेसम्म व्यक्तिगततर्फ कांस्य पदक नै नेपाली खेलकुदको उच्चतम सफलता मानिने गरेको छ । नहोस् पनि किन सविताभन्दा अगाडि र उनीभन्दा पछाडि पनि कसैले देशका लागि एसियाली खेलकुदमा व्यक्तिगततर्फ रजत पदक जित्न सकेका छैनन् । सन् २०१८ को जाकार्ता एसियाडमा टिमतर्फ नेपाली प्याराग्लाइडिङले रजत पदक जितेर इतिहास रचेको थियो ।  

आयशा शाक्य 

धेरै अर्थमा नेपाली खेलकुदका लागि आयशा शाक्य उदाहरण हुन् भने युवापुस्ताका लागि प्रेरणास्रोत पनि । दुई सन्तानकी आमा भइसकेपछि पनि देशका लागि दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा दुई स्वर्ण पदक जितेर आयशाले नेपाली खेलकुदमा आफूलाई विशिष्ट स्थानमा पुर्याइन् ।

उनले दुई वर्षअघि नेपालमै भएको १३ औं सागमा तेक्वान्दोकी यी भेट्रान स्टारले नयाँ विधा पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन । दुई बच्चालाई सम्हाल्दै अन्तर्राष्ट्रिय स्तरको चरम स्पर्धामा दुई स्वर्ण जित्नु सहज पक्कै थिएन । तर आयशाले त्यो कठिन लक्ष्य हासिल गरिन् । त्यसैले त उनको स्थान नेपाली खेलकुदमा सम्मानित छ ।

पक्कै पनि १३औं साग आयशाको करियरको उत्कर्ष थियो । तर त्यसअघि पनि उनले करियरमा यस्तै ठूला उपलब्धिको चाङ लगाइसकेकी थिइन् । २००६ मा श्रीलंकामा सम्पन्न १०औं सागमा रजत पदक जितेकी आयशाले त्यही वर्ष कतारको दोहामा सम्पन्न एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् ।

दक्षिण कोरियामा भएको वल्र्ड तेक्वान्दो कल्चर एक्स्पोमा कांस्य पदक जितेकी उनले सागको ११औं संस्करणमा स्वर्ण पदक जितेकी थिइन् । १२औं सागमा स्वर्णको लय कायम राख्न नसके पनि १३औं संस्करणमा त्यसको समेत शोधभर्ना हुने गरी दोहोरो स्वर्ण हात पारिन । भारतको गुवाहाटीमा भएको १२औं सागमा भने उनले रजत पदकमा चित्त बुझाउनुपरेको थियो ।


गौरिका सिंह

ब्राजिलमा सन २०१६ मा सम्पन्न रियो ओलम्पिकमा १३ वर्षको उमेरमा देशको प्रतिनिधित्व गर्दै गौरिका सिंहले विश्वभर नेपाललाई चिनाएकी थिइन् ।

रियो ओलम्पिककै कान्छी खेलाडीको कीर्तिमान बनाउन सफल उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ९ वटा पदक जितिन् । जसमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक सामेल छ । एउटै प्रतियोगितामा चार स्वर्ण पदक जित्ने उनी अहिलेसम्मकै एक्लो नेपाली खेलाडी हुन् ।

गौरिकाका उपलब्धि यतिमै सीमित छैन । लामो समयदेखि निरन्तर सहभागिता जनाए पनि पौडीमा नेपालले यत्तिको प्रभावकारी स्वर्ण पदक जित्न सकेको थिएन । उनले दुई सय मिटर फ्रि-स्टाइलमा भारतीय खेलाडी सुभांगी शर्मालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् । सागको इतिहासमा एकल पौडीतर्फ उनले जितेको यो स्वर्ण नै पहिलो स्वर्ण हो ।

‘जलपरी’ को उपनामले प्रसिद्धि पाएकी कीर्तिमानी पौडीवाज गौरिकाले २०७२ मा गुवाहटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्य पदक जितेकी थिइन् ।

नेपालको राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी गौरिकाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत २३औं राष्ट्रिय पौडी प्रतियोगितामा १२ स्वर्ण पदक जितेकी थिइन् । यसअघि २०६५ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा करिश्मा कार्कीले १२ स्वर्ण जितेकी थिइन् ।

जमुना गुरुङ

आफ्नो समयकी एक उत्कृष्ट फुटबलर जमुना गुरुङ नेपाली फुटबलकी उदाहरणीय खेलाडी हुन् ।

राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान जमुनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ गोल गरेकी छन् । यस्तै, उनले घरेलु लिगमा ३५ गोलको कीर्तिमान बनाएकी थिइन् ।

नेपालको एक सफल महिला खेलाडीको सूचीमा पर्ने गरेकी जमुनाले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका लागि ३५ गोल गरेकी थिइन् ।