स्की

एसियन स्की च्याम्पियनसिपमा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । लेबनानको लिसेन्डमा आयोजना हुने ३०औं एसियन अल्पाइन स्की च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली स्की टिमलाई सोमबार एक कार्यक्रमविच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं साँसद जीवन राम श्रेष्ठले बिदाई गरेका छन् ।

च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीमा एक प्रशिक्षकसहित चार खेलाडी  छन् । खेलाडीहरुमा सफलराम श्रेष्ठ, साहस राम श्रेष्ठ, संगीता लमा र देबोरा तिमल्सिना रहेका छन् । यस्तै प्रशिक्षकमा प्रविण कर्माचार्य छन् ।

नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । च्याम्पियनसिप फागुण १० देखि १६ गते सम्म आयोजना हुने छ । नेपाली टिमलाई शुभकामना व्यक्त गर्दै संघका अध्यक्ष समेत रहेका साँसद श्रेष्ठले सवै भन्दा उत्कृष्ट र अनुभवी खेलाडीहरु रहेकोले च्याम्पियनसिपमा राम्रो नतिजा प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताए ।

हालै मुस्ताङ्गमा आयोजना भएको चौथौ स्की प्रतियोगिताबाट खेलाडीहरु चयन गरिएको हो ।