नासा

नासा नेपालको कार्यसमिति संयोजकमा निरज

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसियसन (नासा)को लुम्बिनी प्रदेश संघको नवगठित कार्यसमिति संयोजकमा मंगलबार निरज गौतम चयन भएका छन् ।

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए)का वल्र्ड काउन्सिल सदस्य गोविन्द भट्टराईको उपस्थितिमा कार्यसमितिको संयोजकमा निरजसँगै सचिवमा किशोर भण्डारी नियुक्त भए ।  

यस्तै, कार्यसमिति सदस्यहरूमा प्रकाश खनाल, सञ्जिव भण्डारी, दीपक न्यौपाने, जीवन खनाल, देवु खनाल र प्रज्जन विक्रम पोखरेल छन् । सल्लाहकारमा कपिल न्यौपाने, लोकहरी श्रेष्ठ र दिनेश पाण्डे चुनिए ।

नवगठित प्रदेश संघले यस वर्ष गर्ने तीन वटा कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

कार्यसमिति गठन भएसँगै लुम्बिनी प्रदेशलाई साहसिक खेल र साहसिक पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने संघले जनाएको छ ।

खेलकुद विकास ऐनका अनुसार सांगठनिक संरचना तयार गर्नु र अन्तर्राष्ट्रिय महासंघ (एफआइए)को कार्यविधी अनुसार तयार हुनु मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।