माघ १५ गतेसम्म भिड हुने कार्यक्रम नर्गन खेलकुद महासंघको आग्रह

काठमाडौं । नेपाल खेलकुद महासंघले माघ १५ गतेसम्म कुनै पनि भेला, गोष्ठी तथा सभा सम्मलेन नर्गन आग्रह गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै १५ गतेसम्म भिड हुने कार्यक्रम नर्गन आग्रह गरेका महासंघले वैशाख २४ देखि महासंघले ‘नेकोसको आव्हान, कोभिड–नो भिड’ भन्ने मूल नारासाथ सुरु भएको राष्ट्रिय अभियानलाई सफल बनाउँन भुमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिएको छ ।  

पछिल्लो केही हप्तायता कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै नेपाल सरकारले जारी गरेको मापदण्डलाई पालना गर्न र महासंघ मातहतका सबै कमिटीलाई स्वयंमसेवीको भुमिका खेल्न समेत आग्रह गरेको छ ।