फुटसल

कामना सेवा फुटसल प्रतियोगिता हुने

काठमाडौं । कामना सेवा विकास बैंकको आयोजनामा ‘कामना सेवा फुटसल कप’ प्रतियोगिता हुने भएको छ । पुस ९ र १० गते हुने प्रतियोगितामा बैंक, विमा तथा विभिन्न वित्तिय संस्थाहरुको सहभागिता रहने छ ।

सोमबार एक कार्यक्रमका बीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईयो) प्रविन बस्नेतले प्रतियोगिताको औपचारिक घोषणा गरेका हुन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिता काठमाडौंको कालोपुलस्थित धन्यन्तरी फुटसल मैदानमा हुनेछ । प्रतियोगितामा बैंक तथा इन्स्योरेन्स गरि १५ बढी टिमले सहभागीता रहने आयोजकले बताएको छ ।