आर्चरी

गुरुङ आर्चरी एसियाको कार्यसमितिमा सर्वसम्मत

काठमाडौं । नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ वल्र्ड आर्चरी एसियाको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन ।

एसियाली आर्चरीको नियामक निकायको शुक्रबार बंगलादेशको राजधानी ढाकामा सम्पन्न साधारणसभाले दक्षिण कोरियाका यु सुन चुङको अध्यक्षतामा चयन गरेको नौं सदस्यीय कार्यसमितिको सदस्य पदमा गुरुङ सर्वसम्मतिले निर्वाचित भए ।

चुङ यसअघि पनि वल्र्ड आर्चरी एसियाको अध्यक्ष थिए । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बंगलादेशका काजी राजीव उदिपचपोल सर्वसम्मत हुँदा दक्षिण एसियाबाट भारतका प्रमोद चाण्डुकार पनि कार्यसमितिमा निर्वाचित भए । चाण्डुकार पनि सदस्यमा निर्वाचित भएको नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटीले ढाकाबाट खेलाडीलाई जानकारी गराए ।

साधारणसभामा भाग लिन नेपाल आर्चरी संघको तर्फबाट अध्यक्ष गुरुङ र महासचिव सिवकोटी ढाका पुगेका थिए ।

साधारणसभाले नेपाल आर्चरी संघका महासचिव सिवाकोटीलाई वल्र्ड आर्चरी एसियाको पारा कमिटी सदस्यमा सर्वसम्मत निर्वाचित गरेको छ । पारा कमिटीमा तीन सदस्य हुन्छन ।