जुडो दिवश

जुडो दिवसमा विभिन्न कार्यक्रम

काठमाडौं । नेपाल जुडो संघले विभिन्न कार्यक्रम गरी बिहीबार विश्व जुडो दिवस मनाएको छ ।

अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासंघ (आइएसजेएफ) मा आवद्ध दुई सयभन्दा बढि देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाउने प्रचलन रहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

सोही क्रममा जुडो संघले नयाँ बजारको खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) कार्यक्रम आयोजना गरेको हो । त्यस अवसरमा एमएमएसी, बन्दी सहायता गृह (पाम) र नेपाली सेनाको क्लोज प्रोटेक्सनका खेलाडीहरुले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

जुडो आबद्ध विभिन्न जिल्ला र क्लबलाई पनि कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाउन जानकारी गराइएको महासचिव श्रेष्ठले जानकारी गराए ।